
काठमाण्डू, २५ वैशाख– गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरोधी अराजक गतिविधि गर्नेलाई संविधान र कानुन अनुसार कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारेका छन ।
आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहहरूले गरेको प्रदर्शनबारे जानकारी गराउँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
घटनाका क्रममा संविधान र व्यवस्था विरोधी गतिविधि गर्ने निजि र सरकारी सम्पत्तिमा क्षति पुर्याउनेहरूलाई पक्राउ गरी अधिकारप्राप्त निकायले अनुसन्धान गरिरहेको जानकारी दिए ।
उनले तीनकुनेको घटना संविधान र व्यवस्था विरुद्धमा रहेको ठहर सरकारले गरेको बताए । उनले वर्तमान सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध हुने कुनै पनि गतिविधि सैय नहुने पनि प्रस्ष्ट पारेका छन ।