प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित

काठमाण्डु टुडे २०८२ वैशाख २५ गते १७:१२ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– प्रतिनिधिसभा बैठक भोली (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रममा सांसदहरूले समसामयिक विषयमा बोलेका थिए ।

त्यस्तै वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम आज पनि जारी रह्यो ।

आजको बैठकमा प्रतिनिधिसभाको बर्खे अधिवेशन सुरु भएपछि आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका प्रश्नहरूका बारेमा गृहमन्त्री रमेश लेखकले जवाफ दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us