संसद्मा जवाफ दिँदै गृहमन्त्री

काठमाण्डु टुडे २०८२ वैशाख २५ गते १२:२६ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– गृहमन्त्री रमेश लेखकले संसद‌्मा जवाफ दिँदै छन् । यही १२ देखि २३ वैशाखसम्म संसद्मा उठेका गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा गृहमन्त्री लेखकले जवाफ दिन लागेका हुन् ।

संसद्मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे पनि सांसदहरूले सरकारको जवाफ माग गरेका छन । नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारको जवाफ नदिए संसद्मा अवरोध गर्ने चेतावनी समेत दिएका थिए । यही १७ वैशाखमा नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो ।

एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए । सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us