
एजेन्सी– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजले संसदीय निर्वाचनमा ऐतिहासिक जित हात पारेका छन् ।
चुनावी परिणामसँगै लेबर पार्र्टीका नेता अल्बजीनले दोश्रो कार्यकालका लागि प्रधानमन्त्रीको पद सम्हाल्ने अवसर प्राप्त गरेका छन् । अष्ट्रेलियाको चुनावी इतिहासमा २१ वर्षपछि लगातार दोश्रोपटक प्रधानमन्त्री पद सम्हाल्ने उनी पहिलो हुन् ।
अल्बनीजले १५० सदस्यीय प्रतिनिधि सभामा ७६ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेका छन् । यसका साथै, उनले विपक्षी दलका नेता पिटर डटनलाई क्विन्सल्याण्डको डिक्सन निर्वाचन क्षेत्रबाट पराजित गर्दै ऐतिहासिक जीत हासिल गरेका छन् ।
अल्बनीजको विजय भाषणमा उनले अस्ट्रेलियाली जनतालाई धन्यवाद दिँदै भने, ‘आज अस्ट्रेलियाली जनताले परिवर्तनको लागि मतदान गरेका छन् ।’
उनले आफ्नो व्यक्तिगत संघर्षलाई उदाहरण प्रस्तुत गर्दै अगाडि भने, ‘मलाई आशा छ कि मेरो यो दोश्रो कार्यकालको यात्राले अस्ट्रेलियालीहरूलाई आकाशमा उड्न प्रेरित गर्न सक्छ ।’ उपाध्यक्ष पेननी वोंग र अन्य लेबर नेताहरूले पनि पार्टीको विजयी अभियानमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिएका छन् ।
विपक्षी नेता पिटर डटनले आफ्नो पराजय स्वीकार गरेका छन् ।
हारसँगै उनले आफ्नो पार्टीको रणनीतिमा सुधारको आवश्यकता औंल्याएका छन् । उनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका अनुयायीका रुपमा चुनावी सभाहरुमा प्रस्तुत भएका थिए ।
ट्रम्पले उनलाई विजयको शुभकामना पठाएका पनि थिए । डटनले आफूले जिते आप्रवाशन व्यापारमा ट्रम्पले लिएका नीतिहरुको अनुसरण गर्ने घोषणा गरेका थिए ।