एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा

काठमाण्डु टुडे २०८२ असार ३ गते १२:०२ मा प्रकाशित

काठमाण्डू, ३ असार– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रणको कार्यलय (कक्षा १०) ले यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नितिजा असारको तेस्रो साता सार्वजनिक गर्ने गरी तयारी सुरु गरेको छ ।

परीक्षा बोर्डको नियमित्त कार्य तालिका अनुसा असारको पहिलो साता नै नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैत देखि २९ सम्म शिक्षकहरुले गरेको शैक्षिक आन्दोलनको कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा नतिजा सार्वजनिक मिति पनि पछि सरेको बोर्डले जनाएको छ । ‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन आउजाउमा समय गयो ।

परीक्षण ढिला सुरु भयो । अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन’, परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले भने । अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । ‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौं । केही ठाउँमा परीक्षण भइरहेको छ ।

सबै परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौं’, उनले भने । एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us