ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

काठमाण्डु टुडे २०८२ असार ३ गते १२:१२ मा प्रकाशित

जुम्ला, ३ असार– जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्की रहेको जिल्ला प्रहरी कार्यलय जुम्लाले जानकारी दिएको छ ।

उनको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । जुम्लाको चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा सोमबार राति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९ तलिउमतर्फ जाँदै गरेको लु २ त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र ट्रयाक्टर चालक २२ वर्षीय सन्तोष सार्की घाइते भएको प्रहरी निरीक्षक रसाइलीले जानकारी दिए ।

घाइतेहरूको प्रतिष्ठानमै उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us