भक्तपुरमा इन्द्रजात्रा सुरु

काठमाण्डु टुडे २०७१ भदौ २१ गते १०:०८ मा प्रकाशित

ललितपुर, २१ भदौ– धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शनिबारदेखि भक्तपुरमा सुरु भएको छ ।
इन्द्रजात्राको अवसरमा शनिबार भक्तपुरका टोलटोलमा इन्द्रको मूर्ति स्वरुप सानो लिङ्गो ठड्याइयो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्ति स्वरुप लिङ्गो उठाउने प्रचलन छ ।
यसरी ठड्याइएको लिङ्गोलाई नेवारी भाषामा यम्वोःद्यो भनिन्छ । धार्मिक पूजाआजासहि तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, चोछें, भोलाछें, इताछेंलगायतका स्थानमा यम्वो द्यो ठड्याइएको छ ।
विभिन्न देवदेवताको पूजाआजा गरी इन्द्रजात्रा आठ दिनसम्म मनाइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us