एमाओवादीसमेतको समर्थनमा पिटीए: मन्त्री ज्ञवाली

काठमाण्डु टुडे २०७१ भदौ २१ गते ९:३९ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– उर्जामन्त्री राधा ज्ञावलीले भारतसँग भएको उर्जा व्यापार सम्झौता ‘पिटीए’ ले मुलुकको विकासको ढोका खोलेको दाबी गरेकी radha gyawaliछन् ।

रिपोर्टर्स क्लबले शनिवार गरेको साक्षात्कारमा उनले एमाओवादीसहित सबै दलको सहमतिमा पिटीए गरेको दाबी गरिन् । उक्त सम्झौतापछि नेपालको उर्जा विकासमा भारतसहित चीन र दक्षिण एसियाको लगानीको ढोका खुलेको उनको भनाइ थियो ।

उर्जामन्त्री ज्ञावलीले उर्जा उत्पादन मात्र भन्दा पनि त्यसलाई बिक्री पनि गर्नुपर्ने भएकाले सम्झौताले उर्जा क्षेत्रमा निजी क्षेत्रको लगानीसमेत आर्कषित हुने विश्वास व्यक्त गरिन् ।

सचिवस्तरमा गरिएको उर्जा व्यापार सम्झौतालाई अब बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेर संसदमा पेस गर्ने जानकारी दिँदै उद्योग विकास सम्झौता (पीडीए) पनि गर्ने तयारी भइरहेको बताइन्  । यद्यपि उनले माथिल्लो कर्णालीको पीडीए आफ्नो मन्त्रालयमा नरहेकाले गानी बोर्डले त्यसको तयारी गरिरहेको बताइन् ।

ज्ञावलीले लामो समयदेखि लाइसेन्स लिएर उत्पादन नगरी झोलामा खोला बोकेर हिंड्नेको लाइसेन्स रद्द गर्न अख्तियारले दिएको निर्देशन यथाशीघ्र चाँडो कार्यान्वयन गर्ने पनि उनले चेतावनी दिइन् । मन्त्री ज्ञवालीले प्रधानमन्त्रीसँगको भेटवार्तापछि छानबिन सुरु हुने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us