बर्दिवास, २१ भदौ– महोत्तरी र धनुषाको सीमामा पर्ने रातु खोलामा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएको छ ।
गएराति आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन ठप्प भएको छ । राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास र धनुषाको लालगढमा सयौको संख्यामा सवारी साधन रोकिएका छन् ।
गत महिना आएको बाढीले रातु खोलाको पुल भासिएपछि अस्थायी डाइर्भसन बनाएर यातायात सञ्चालन हुँदै आएको थियो । सडक डिभिजन कार्यालय मुजेलियाका प्रमुख देवेन्द्र साहले डाइर्भसन मर्मत गरी यातायात सुचारु गराउन दुई दिन लाग्ने बताए ।