माछासँग भात खाँदा तीनजनाको मृत्यु

काठमाण्डु टुडे २०७१ भदौ २१ गते ४:४४ मा प्रकाशित

चितवन, २१ भदौ – चितवनमा विषाक्त खानाका कारण एकै परिवारका तीनजनाको मृत्युभएको छ ।

मृत्यु हुनेमा मृत्यु हुनेमा रौतहट घर भई हाल चितवनको मंगलपुर बस्दै आएका ३५ वर्षीय रामकेवल पण्डित, २१ वर्षीय मेघन पण्डित र २० वर्षका विवेक पण्डित छन् ।

माछासँगै खाना खाएपछि बिरामी भएका उनीहरुको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति ज्यान गएको हो । उनीहरु १७ भदौमा अस्पताल भर्ना भएका थिए । माछासँगै खाना खाएपछि उनीहरु बिरामी परेका थिए । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us