जिप दुर्घटनामा एकको मृत्यु

काठमाण्डु टुडे २०७१ भदौ २१ गते ३:५८ मा प्रकाशित

गुल्मी, २१ भदौ – गुल्मीको जैसीथोकमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा वाग्ला–८ की ५० वर्षीया कुमारी परियार रहेको प्रहरीले जनाएको छ । तम्घासबाट सिर्सेनीतर्फ जाँदै गरेको लु १ ज १७३३ नम्बरको जिप शुक्रबार जैसीथोक–८ स्थित सिमाहघाट पुलनजिकै घुम्तीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते उनको पाल्पाको प्रवासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्इ १० जनाको उपचार भइरहेको छ । यसैबीच प्रहरीले जिप चालक माधव कुँवरलाई नियन्त्रणमा लिएको छ ।

कच्ची सडका क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us