सिंहदरबारको गेटमै रोकिए वार्ताको लागि गएका शिक्षक नेता

काठमाण्डु टुडे २०८२ वैशाख १२ गते १५:४४ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– नेपाल सरकारसँग वार्ताको लागि गएका शिक्षक महासंघका नेता सिंहदरबारको गेटमै रोकिएका छन् । वार्ताको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जान लागेको महासंघको टोली गेटमा रोकिएको हो । ‘गेटबाट भित्र छिर्न दिइएन ।

हामी त फर्किने तयारीमा छौँ,’ महासंघका महासचिव तुलाबहादुर थापाले भने । शिक्षामन्त्री रघुजी पन्तको सचिवालयले गेटमा २५ जनाको नाम टिपाएको जनाएको छ । तर नाम टिपाएका सबैजना वार्तामा सहभागी हुनेहरू भने होइन ।

‘उहाँहरू गेटमा रोकिएको कुरा आएको छ । मन्त्रालयले सबैको नाम गेटमा दिएको हो । सहजीकरण गरिरहेका छौं,’ मन्त्रालयएका एक अधिकारीले भने ।

आजै सरकारको तर्फबाट शिक्षा मन्त्री पन्तले वार्ताको लागि बोलाएका थिए । सोही अनुसार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा जान महासंघका नेता तयार भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us