प्रेस युनियनको अधिवेशन आजबाट

काठमाण्डु टुडे २०७१ भदौ २१ गते ३:३५ मा प्रकाशित

पोखरा, २१ भदौ– काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको आठौँ महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ ।

महाधिवेशनको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा भाग लिन देशभरबाट झण्डै एक हजार ५ सय प्रतिनिधि पोखरा पुगेका छन् । प्रतिनिधिहरुलाई ड्यामसाइट र लेकसाइडका होटलहरुमा बस्ने व्यवस्था मिलाइएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनले युनियनको नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा कार्यबाहक अध्यक्ष बद्री सिग्देल र महासचिव शिव लम्सालले उम्मेदवारी घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us