खेत रोपेको ज्याला लिन गएकी बालिका बलात्कृत

काठमाण्डु टुडे २०७१ भदौ २० गते १४:१४ मा प्रकाशित

काठमाण्डु, २१० भदौ– तेह्रथुमको बिहीबार ईवा–५ मा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिका बलात्कारमा संलग्न स्थानीय ३२ वर्षीय रमेश आले पक्राउ परेका छन् । उनले खेतमा काम गरेको पैसा लिन गएकी ईवा–६ की १४ बर्षीया बालिकालाई बिहीबार बलात्कार गरेका थिए ।

घरमा कोही नभएका बेला बालिका पुगेपछि आफूले बलात्कार गरेको उनले प्रहरीसँगको बयानमा स्वीकार गरेका छन् । उनीविरुद्ध पीीडत बालिकाकी आमाले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय आठराईको टोलीले आलेलाई शुक्रबार पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us