संविधानसभा असफल पार्न खोज्नेलाई नै असफल पारिन्छ: ओली

काठमाण्डु टुडे २०७१ भदौ २० गते १३:४२ मा प्रकाशित

काठमाण्डु, २० भदौ– एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो संविधानसभा पनि असफल बनाउने तत्वको प्रयास असफल पारिने बताएका KP Oliछन् ।
विश्व प्रजातान्त्रिक युवा संघको एसिया प्रशान्त क्षेत्रीय बैठकको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले संविधानसभा असफल पार्न सक्रिय शक्ति र तत्वलाई परास्त गरिने बताए ।

उनले आफ्नो पार्टी पूर्वनिर्धारित समयमै संविधान जारी गर्ने प्रतिबद्ध रहेको समेत जनाए ।  पहिलो संविधानसभा असफल भएपछि मुलुकमा उत्पन्न राजनीतिक र संवैधानिक संकट हाल टरेको भन्दै उनले पनि नयाँ संविधान जारी भएपछि मुलुकले आर्थिक समृद्धिको बाटो लिने स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us