समयमा निर्णय नगर्ने सचिवलाई कारवाही गर्न अख्तियारकाे निर्देशन

काठमाण्डु टुडे २०७१ भदौ २० गते ८:३३ मा प्रकाशित

काठमाण्डु, २० भदौ–  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव श्रीधर गौतमलाई विभागीय कारवाही गर्न निर्देशन दिएको छ । अख्तियारले शुक्रबार सरकारलाई पत्र पठाउदै सचिव गौतमले सेवाग्राहीले दिएको निवेदन उपर समयमै निर्णय नगरेको भन्दै  नगरेको बताएको छ ।

sridharहाल सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका गौतमले नेपाल ट्रष्टको कार्यकारी सचिव रहँदा एलएम सुभिर ब्रदर्श ट्रेडिङ प्रालिले गोकर्ट रिसोर्टको शेयर बिक्री गर्न ट्रष्टमा दिएको निवेदन उपर सुनुवाई नगरेको अख्तियारको दाबी छ । रिसोर्टमा पूर्व राजपरिवारको लगानी छ ।

गौतमको ढिलासुस्तीले लगानीकर्ता निरुत्साहित हुने अख्तियारको दाबी छ । अख्तियारले सरकारलाई पठाएको पत्रमा गौतमलाई कुनै पनि महत्वपूर्ण जिम्मेवारी नदिन भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us