
काठमाण्डू, ६ चैत– सत्ता घटक दल एमालेकी सचेतक सुनिता बरालले संसदलाई निराशा व्यक्त गरेर जनता भड्काउने नभई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउनु आवाश्यक रहेको बताएकी छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बोठक बोल्दै एमाले सचेतक बरालले यस्तो बताएकी हुन ।
सांसद बरालले जनताका समयसापेक्ष समस्या समाधान गर्न चालेका कदमहरुमा सहयोग गर्न समेत सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरेकी छन । उनले नयाँ दलहरुले पुराना राजनीतिक दलका नेतृत्वमाथि पुस्ताको कुरा उठाएर गाली गर्ने काम मात्र गरेको समेत आरोप समेत लगाएकी छन । उनले जनता र नयाँ पुस्ताका समस्यामा बसह गरेर पुस्तान्तरण आवश्यकतालाई प्रमाणिकरण गर्न समेत आग्रह गरिन् ।
उनले नेपालको अर्थतन्त्रमा उत्पादनले कममा क्षेत्र ओगटेको उल्लेख गर्दै उत्पादन बढाउनु आजको आवश्यकता रहेको बताएकी छन । एमाले सचेतक बरालले भनिन्, ‘सदनमा निराशा पाखेर जनतालाई भड्काउने होइन । नीति र कार्यक्रमका आधारमा जनतालाई समेट्ने थलो बनाउन आवश्यक छ । यो कुरालाई संस्थागत गर्न सरकारले चालेका पहलहरुमा सबैले सहयोग गर्न आवश्यक छ ।
आज नेपालको अर्थतन्त्रको स्वरुप फेरिँदै छ । अर्थतन्त्रमा थोक व्यवसायले ३० प्रतिशत क्षेत्र ओगटेको छ । उत्पादनको क्षेत्रले लगभग १५ प्रतिशत हारहारीले ओगटेको छ । आज समय र हाम्रा आवश्यकताहरु परिवर्तन भएका छन् ।
तर यो उत्पादकत्व दक्षीण एसियाली मुलुकहरुमै हेर्दाखेरि नेपालमा केही कम भएको हो कि भन्ने अनुभूति हामीलाई भएको छ । आज हामीले उत्पादनको क्षेत्र बढाउन आवश्यक छ ।’