प्रमुख तीन दलबीच संविधानका अन्तरवस्तुमा छलफल

काठमाण्डु टुडे २०७१ भदौ १७ गते ३:२३ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादीले भावी संविधानका अन्तरवस्तुमा  छलफल तीव्र पारेका छन् ।

विवादित विषयमा सहमति जुटाउने पूर्वनिर्धारित कार्यतालिका सकिन केही दिनमात्र बाँकी छँदा दलहरुले विवादित विषयमा छलफल थालेका हुन् ।

संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आगामी शनिबारसम्म विवादित विषयमा सहमति जुटाई प्रतिवेदन पेश गर्नुपर्नेछ ।

समिति सभापति बाबुराम भट्टराईको अग्रसरतामा सिंहदरबारमा बसेको बैठकमा राज्य पुर्नसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीलगायत विषयमा छलफल भए पनि ठोस सहमति भने नभएको नेताहरुले बताएका छन् ।

बैठकपछि काठमाण्डु टुडेसँग कुरा गर्दै एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा पार्टीहरुले आफ्ना धारणा र दष्टिकोण प्रस्तुत गरेको बताए ।

  उनले सहमति खोज्ने प्रयास जारी राखिने बताए । ‘पाटीहरुले आफ्ना धारणा र दष्टिकोण खुला रुपमा प्रस्ुतत गर्ने काम भयो’, श्रेष्ठले भने, ‘ठोस निस्कर्षमा त पुगिएन, तर छलफल जारी राख्ने कुरा भयो ।’ बैठक बुधबार पुन: बस्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us