फरार गुण्डा नाइके थमन गुरुङ धरानबाट पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ १७ गते ७:१७ मा प्रकाशित

सुनसरी, १७ भदौ– हतियार र गुण्डागर्दीको बलमा ठेक्कापट्टा कब्जा गर्दै आएका थमन गुरुङ धरानबाट पक्राउ परेका छन् ।
भक्तपुरमा लुटपाट गरेको आरोपमा भक्तपुर जिल्ला अदालतले १ वर्ष ८ महिना जेल सजाय सुनाएका उनी प्रहरीको फरार सूचीमा थिए ।

संखुवासभा नुनढाँकीका स्थायी बासिन्दा गुरुङलाई धरान प्रहरीले धरान १० स्थित राँगाचोकबाट मंगलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका नायव उपरीक्षक सञ्जयसिंह थापाले बताए ।

गुरुङ पछिल्लो समय धरान–१९ मा बस्दै आएका थिए । प्रंहरीले उनलाई भक्तपुर पठाउने तयारी गरेको छ । धरान बसे पनि संखुवासभाका सबै ठेक्कामा उनको हालामुहाली थियो ।

उनलाई डिआईजी मिङ्मार लामाको सपोर्ट छ । गुरुङले २०६६ सालमा धरानका पत्रकार लीला घिमिरेलाई सांघातीक आक्रमण गरेका थिए । तत्कालिन एसएसपी लामाले त्यतिबेला पक्राउ गरेर छाडेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us