नुवाकोट, १७ भदौ– नुवाकोटको एक विद्यालयले विद्यालय हाता नजिकैको रुखमा अरिंगालले गोलो लगाएपछि पठनपाठन प्रभावित भएको भन्दै
प्रमुख जिल्ला अधिकारी ‘सिडिओ’ लाई पत्र लेखेको छ ।
विदुर नगरपालिका–३ बट्टारस्थित भीमसेन माविका प्रधानाध्यापक बासुदेब बानियाँले प्रमुख जिल्लाअधिकारीलाई पत्र लेखी अरिंगालको गोलो हटाइदिन आग्रह गरेका हुन् ।
पत्रमा बानियाँले पठनपाठन कक्ष नजिकै रहेको अरिंगालको गोलो हटाउन सक्दो प्रयास गरे पनि नसकिएको उल्लेख गरेका छन् ।
‘विद्यालय हाताको एक रुखमा अरिंगालले आफ्नो बासस्थान गुँड भएको नजिकै पठनपाठन कक्ष सञ्चालन गराउनुपर्ने भएको र विद्यालयले सक्दो पहल गर्दा पनि हटाउन नसकिएको हुँदा सो गोलालाई कुनै न कुनै उपाय गरी झिकीदिन विद्यालय अनुरोध गर्दछ’ गत भदौमा लेखिएको पत्रमा भनिएको छ ।