काठमाण्डु, १७ भदौ– गौरा पर्व सुदूरपश्चिमका नारीहरुले आज विशेष हर्सोल्लासका साथ मनाउँदैछन् ।
यो पर्वमा महेश्वरसहित दुबोको पूजा गरिन्छ । आज दुबोको पूजा गर्नाले दुबो जसरी सन्ताल फैलिन्छन् भन्ने जनविश्वास रहिआएको छ । यस्तै उमामहेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ ।
यो दिनमा सुदूरपश्चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गरिन्छ । गौरा पर्वको अवसरमा सुदूरपश्चिमवासी काठमाण्डुको टुँडिखेलमा देउडा गीत र नृत्य प्रस्तुत गर्दैछन् । यसैबीच गौरा पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।