सर्वोच्चमा किन हुँदैन ठूला मुद्धाको सुनुवाइ ?

काठमाण्डु टुडे २०७१ भदौ १७ गते २:३१ मा प्रकाशित

काठमाण्डु, १७ भदौ–  नियमित सुनुवाइको व्यवस्था नहुदाँ ठूला भ्रष्टाचारका मुद्दा सर्वोच्च अदालतमै थन्किएका छन् ।
suprime coart२० वर्षभन्दा बढी ‘हाइ प्रोफाइल’ विरुद्दका करिब पाँच सय मुद्दा सर्वोच्चमा थन्किएका छन् ।
सर्वोच्चमा चार सय ७८ भ्रष्टाचार मुद्दा नियमित सुनुवाइको प्रतिक्षामा छन् । तीमध्ये दुई सय ३० मुद्दा २ वर्षभन्दा पूराना हुन् । विशेष अदालत ऐन अनुसार मुद्दा दर्ता भएको ६ महिनामा अन्तिम सुनुवार्इ भइसक्नुपर्छ ।

सो मुद्दाको पुनारावेदन सर्वोच्चमा हुदाँ पनि ६ महिनामै मुद्दाको अन्तिम सुनुवाइ भइसक्नुपर्ने प्रावधान छ । तर पुनरावेदन भएको लामो समयसम्म पनि सर्वोच्चले मुद्दा टुंगाएको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ देखि २०६२ सम्म् विशेष अदालतमा लगेका धेरै मुद्दा नै सर्वोच्चमा अहिले विचाराधीन छन् ।

हाई प्रोफाइल विपक्षी रहेका मुद्दा विशेष अदालतमा गौरीबहादुर कार्की अध्यक्ष रहँदा टुंगिएका थिए । विशेषको आदेशविरुद्ध पुनरावेदनमा परेको उनीहरुका मुद्दामा सर्वोच्चले नियमित पेसी तोक्न सकेको छैन ।
पूर्वमन्त्री गोविन्दराज जोशी, आयल निगमका पूर्वमहाप्रवन्धक मदनराज शर्मा र पूर्वआर्इजीपी प्रदीपशमशेर जवराको मुद्दा पेसीमा चढिरहे पनि सुनुवाइ भएको छैन । पूर्वआइजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीको मुद्दा पनि सर्वोच्चमा पेशी कुरेर बसेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us