काठमाण्डु, १६ भदौ– प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले सर्वोच्च अदालतलाई अलमल्याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

प्रशासकीय अदालतको २८ औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा भएको कार्यक्रममा शर्माले अदालतको अधिकार क्षेत्रका विषयमा विवाद झिकेर संवैधानिक दायित्व निर्वाह गर्नमा अदालतलाई अल्मल्याउने कोसिस भइरहेको बताएका हुन् । संविधान बन्ने क्रममा जहिले पनि अदालतका विवाषयमा विवाद आउने गरेको उनको भनाइ थियो ।
उनले नागरिक अधिकार संरक्षणका लागि सर्वोच्च अदालतको विकल्प खोज्नुको साटो बलियो बनाउनुपर्ने उल्लेख गरे । अदालतले दिएका आदेशबारे गलत टिकाटिप्पणी हुन थालेको भन्दै उनले त्यसले न्यायिक स्वतन्त्रता कमजोर बनाउने जिकिर गरे । शर्माले नयाँ संविधानमा संवैधानिक अदालतको व्यवस्था गर्दा सर्वोच्च अदालतको भूमिका स्पष्ट गर्न पनि आग्रह गरे ।