बाढी प्रभावितले घरमै दसैं मान्न पाउँछन्: थापा

काठमाण्डु टुडे २०७१ भदौ १६ गते १३:०७ मा प्रकाशित

नेपालगन्ज, १६- आपूर्तिमन्त्री सुनिलबहादुर थापाले दसैंसम्ममा बाढीपहिरो प्रभावितले राहत पाइसक्ने बताएका छन् ।

sunil thapa
बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि आएका मन्त्री थापाले सोमबार नेपालञ्जमा विस्थापित सबैले घरमै दसैं मान्न पाउने बताए ।

प्रभावितलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर राहत र पुनस्र्थापना प्याकेज ल्याउने तयारीमा सरकार रहेको उनको भनाइ थियो । ‘बाढीबाट विस्थापित भएकाहरु दसैंसम्म सबै घर फर्कनेछन्’, थापाले भने, ‘दसैंको मुखमा कसैले पनि भोको–नाङ्गो हुनुपर्दैन ।’

उनले मध्य पश्चिमका बाढी प्रभावित क्षेत्र बाँके, बर्दिया, सुर्खेत र दाङको स्थलगत निरीक्षण गरेका थिए । प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा राहत वितरणको अनुगमन र भावी योजना निर्माणका लागि भन्दै थापा प्रभावित क्षेत्र पुगेका हुन् ।

काठमाण्डु पुगेपछि प्रभावित क्षेत्रबारे विस्तृत विवरण प्रधानमन्त्रीलाई बुझाउने जानकारी उनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us