छोरा मरेको गलत खबरले बाबुको मृत्यु

काठमाण्डु टुडे २०७१ भदौ १६ गते १२:५६ मा प्रकाशित

सिराहा,  १६ भदौ –सिराहा, १६ भदौ– मोटरसाइकल दुर्घटनामा छोराको मृत्यु भएको गलत खबरले बाबुको ज्यान गएको छ ।

heart attack
सिराहा खिरौना–३ का नन्दकुमार मण्डलको छोराको मृत्यु भएको खबर पाउने बित्तिकै हृदयघातका कारण मृत्यु भएको हो । उनी नापी कार्यालय सिरहाका कर्मचारी हुन् ।

हृदयघात भएपछि परिवारले उपचारका लागि धरान लैजाने क्रममा उनको बाटेमा मृत्यु भएको हो । तर दुर्घटनामा मृत्यु भएका भनिएका नन्दकुमारका छोरा आयुत्तोम घाइते मात्र भएका थिए ।
दुर्घटनामा खिरौना–३ का ३० वर्षीय रामनारायण मण्डलको मृत्यु भएको थियो । एक व्यक्तिले फोन गरेर छोराको मृत्यु भएको गलत खबर नन्दकुमारलाई दिएका थिए ।
घरबाट मिर्चैयातर्फ स ३ प २८३९ नम्बर मोटरसाइकलमा जाँदै गर्दा स १ त ३८३७ नम्बर ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us