काठमाण्डु, १६ भदौ – सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले काँग्रेस र एमालेको सहकार्यविना संविधान बन्न नसक्ने बताएका छन् ।
प्रेस चौतारी नेपालको ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले समयमा संविधान जारी नभए मुलुकले ठूलो मूल्य चुकाउने र यसको क्षति लोकतान्त्रिक शक्तिहरुलाई नै पुग्ने उल्लेख गरे ।
उनले सरकारी सञ्चार माध्यममा सकेसम्म सन्तुलन मिलाएर कार्य गर्ने विश्वास दिलाए । चौतारीका उपाध्यक्ष उपेन्द्र केसीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सरकारी सञ्चार माध्यममा बिनापूर्वाग्रह नियुक्तिहरु गर्न ध्यानाकर्षण गराएको थियो ।