इलाम, १६ भदाै – इलामको जोगमाई–९ की ५१ वर्षीया एक महिलालाई जबर्जस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई जबर्जस्ती करणी गर्ने सोही स्थानका ५५ वर्षीय महेन्द्र भण्डारीलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले सोमबार पक्राउ गरेको हो । भण्डारीलाई प्रहरीले जबर्जस्ती करणी गर्ने उद्योगअन्तर्गत मुद्दा दायर गरेको प्रहरी निरीक्षक ईश्वर थापाले बताए ।
भण्डारीले गत भदौ ८ गते ती महिलालाई करणी गरेको प्रहरीले बताएको छ । करणीपछि पीडितले शुक्रबार इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । भण्डारीलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।