झापा, १६ भदौ– भारतीय पर्यटकलाई बाटो छेकेर रकम असुली गर्ने चारजना पक्राउ परेका छन् ।
झापाको बुधबारेमा भारतीय पर्यटकको बाटो छेकेर रमक माग्दै गरेको अवस्थामा चार युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापा धाइजन–६ का कृष्णबहादुर कार्की, शनिश्चरे–१ का भीमबहादुर मगर, विर्तामोड–३ का गोपाल खनाल र बुधबारे–७ का राजकुमार सिटौला छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका नायव उपरीक्षक अर्जुन तिमल्सिनाले उनीहरुलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही हुने बताए ।
उनका अनुसार विर्तामोडस्थित एक होटलबाट नास्ता खाएर आफ्नै कारमा फर्किरहेका दार्जिलिङका फुर्वा शेर्पासहितका भारतीय नागरिकलाई उनीहरुले बुधबारे–९ मा बाटो छेकेर ४० हजार भारु मागेका थिए । पैसा नदिएपछि उनीहरुले गाडी तोडफोडको प्रयास गरेका थिए ।