काठमाण्डु, १६ भदौ– गृह मन्त्रालयले नेपाल प्रहरीका १३ एसएसपीलाई डिआर्इजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिको आइतबारको बैठकले १३ एसएसपीको बढुवाका लागी सरकारलाई सिफारिस गरेको हो । दुई सातअघि नौ डिआईजीको एआईजीमा बढुवा भएपछि ती पद रिक्त थिए ।
केही वरिष्ठलाई पाखा लगाएर नियमविपरीत कनिष्ठलाई माथि तानिएको छ ।
बढुवा सिफारिसमा पर्ने एसएसपीमा रामकुमार खनाल, पुर्णसिंह खड्का, देवेन्द्र सुवेदी, मिङमार लामा, पङ्कज श्रेष्ठ, विजयलाल कायस्थ, मनोहर रिमाल, पशुपति उपाध्याय, मधूै पुडासैनी, माधव जोशी, केशरीराज घिमिरे, कमलसिंह बम र माधव नेपाल छन् ।
डिआईजी सिफारिसमा परेका खनाल र खड्का महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ब्याजी हुन् ।
अर्यालकै ब्याजी रवीप्रताप राणा र ज्ञादोदयराज वैद्य डिआईजीको सूचीमा अटाएनन् । बढुवा सुचीको एक नम्बरमा रहेका रणबहादुर चन्द र दुई नम्बरमा रहेका हेमन्तबहादुर पाललालाई पनि पाखा लगाइएको छ ।