काठमाण्डू, १८ माघ– आज (शुक्रबार)बाट प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सुरु भएको छ । प्रतिनिधि सभा बैठक सुरु हुनासाथ प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेर विरोध जनाएका छन ।
सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । उनले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोही क्रममा आफ्ना धारणा राख्न रास्वपाका सांसदलाई आग्रह समेत गरेका छन ।