आशिका तामाङलाई बयानका लागि अदालत लगियो

काठमाण्डु टुडे २०८१ माघ १८ गते १३:११ मा प्रकाशित

काठमाण्डू, १८ माघ– आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङलाई बयानका लागि काठमाण्डू जिल्ला अदालत लगीएको छ । तामाङलाई बयानका लागि अदालत पेश गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यैपानेले जानकारी दिएका छन ।

उनले भने, ‘बयानका लागि अदालत पेश गरेका छौं । बाँकी काम अब अदालतबाट हुनेछ ।’ उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।

मुलकी फौजदारी अपराध संहिताको परिच्छेद २६ मा आपराधिक उपद्रवसम्बन्धी उल्लेख छ । ऐनको दफा २८५ मा कसैले आपराधिक उपद्रव गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । उक्त कसुर गर्नेलाई ५ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us