काठमाण्डू, १७ माघ– सुर्खेतको भेरीगंगा नगरपालिका–३ सतरीस्थित सडकमा बस र मिनी ट्रक एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक दैलेखकको गुराँस गाउँपालिका–१ का ३१ वर्षीय हिरा पुन मगर रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।
ना ४ ख ६२६३ नम्बरको बस र कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक बिहीबार दिउँसो एक आपसमा ठोक्किएका ट्रक चाल पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मगरको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृतयु भएको हो ।
सोही दुर्घटनामा परेर घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।