संसदबाट अध्यादेशको प्रतिवाद गर्ने माओवादी निर्णय

काठमाण्डु टुडे २०८१ माघ १७ गते १८:०९ मा प्रकाशित

काठमाण्डू, १७ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारले संसद्लाई छलेर अध्यादेशहरू ल्याएको भन्दै संसदबाट त्यसको खबरदारी गर्ने निर्णय गरेको छ ।

आज (बिहीबार) बसेको माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन ।

बैठक पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक पाण्डेले भने, ‘अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सवलीकरण गर्ने गरी आएन, प्रक्रिया नै बेठिक छ, ‘६ वटा अध्यादेशबाट ३१ वटा कानुन संशोधन गर्ने सरकारको तयारी छ ।

समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना दर्ता गर्नुपर्छ भन्ने निर्णय भएको छ ।’ साथै बैठकले सरकार जनसरोकारका मुद्दामा चिन्तित नभएकाले जनताका मुद्दा उठाउने निर्णय गरेको पाण्डेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us