प्रेमीको पहिल्यै बिहे भएको थापा पाएपछि ब्लेडले काटेर आत्महत्या प्रयास

काठमाण्डु टुडे २०७१ भदौ १५ गते १३:४० मा प्रकाशित

काठमाण्डु, १५ भदौ– प्रेमीले धोका दिएको भन्दै एक युवतीले आत्महत्या प्रयास गरेकी छन् ।
विवाह गर्ने बताएका प्रेमीको पहिले नै अन्तै विवाह भइसकेको थापा पाएपछि ती युवतीले ब्लेडले हात काटेर आत्हमत्या प्रयास गरेकी हुन् ।

भोजपुर स्थायी घर भई हाल ललितपुर धोवीघाट बस्ने २७ वर्षीया प्रमिला राईले ब्लेडले बायाँ नाडी काटेर आत्महत्या प्रयास गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उनी विगत चार महिनायता प्रेमी राम राईसँगै बस्दै आएकी थिइन् ।

तर आइतबार अन्तै बिहे भइसकेको थापा पाएलगत्तै उनले आत्महत्या गर्न खोजेकी थिइन् । उनलाई प्रेमी राईले नै अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ । मेघा अस्पतालमा उपचाररत उनको हातमा सात टाँका लगाइएको छ । प्रहरीले उनका प्रेमी राईलाई पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us