गणेश थापालाई सात दिनभित्र हाजिर हुन अदालतको आदेश

काठमाण्डु टुडे २०७१ भदौ १५ गते १३:०९ मा प्रकाशित

ललितपुर, १५ भदौ– पुनरावेदन अदालत पाटनले एन्फा अध्यक्ष गणेश थापालाई अदालतको मानहानी गरेको विषयमा ७ दिनभित्र लिखित जवाफ ganesh thapaपेश गर्न आदेश दिएको छ ।
न्यायाधीशद्धय विष्णुदेव पौडेल र द्धारिकामान जोशीको संयुक्त इजलासले थापालाई लिखित जवाफसहित उपस्थित हुन आइतबार आदेश दिएको हो ।

अदालतको अवहेलना गरेको भन्दै फ्रेन्ड्स क्लबले अध्यक्ष थापा  सभासद मनोनयन भएकै दिन शुक्रबार उनीविरुद्ध मुद्धा दायर गरेको थियो ।
रिटमा निवेदकले थापाले पटकपटब मुद्दा फिर्ता लिन दबाब दिएर अदालतको अपहेलना गरेको दाबी गरेका छन् ।

गत वर्षको ‘ए’ डिभिजन लिगमा रेफ्रीले धाँधली गरेको विषयमा वरोध नजाउँदा कारबाही गरेको भन्दै फ्रेन्ड्स क्लबले थापाविरुद्ध २०७० माघ २० गते पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो ।  मुद्दा विचाराधिन रहेकै अवस्थामा थापाले मुद्दा फिर्ताका लागि दबाब दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us