काठमाण्डु, १५ भदौ– प्रधानसेनापति गौरवशमशेर राणा आइतबार अफ्रिका भ्रमणमा गएका छन् ।
पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै राणा आइतबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले राणाको टोलीले अफ्रिका महादेशका कंगो, दक्षिणी सुडान र केन्या भ्रमण गर्ने जानकारी दिए ।
ती मुलुक इबोला भाइरसबाट अति प्रभावित क्षेत्र हुन् । राणाको टोलीमा निमिक्त रक्षासचिव देवेन्द्रप्रसाद सिटौला, सेनाका बलाध्यक्ष रथी प्रदीपविक्रम राणा, प्रधानसेनापतिका पाश्र्ववती सेनानी ज्ञानेन्द्र केसी र अर्थ मन्त्रालयका शाखा अधिकृत गोपालप्रसाद दाहाल छन् ।
राणा आगामी भदौ २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।