एमाओवादीसहित विपक्षीद्वारा फेरि संसद अवरुद्ध

काठमाण्डु टुडे २०७१ भदौ १५ गते ११:२३ मा प्रकाशित

caकाठमाण्डु, १५ भदौ- एकीकृत माओवादीसहित प्रतिपक्षी दलले आइतबार पनि संसद् बैठक अवरुद्ध गरेका छन् ।

चार बुँदे सहमतिअनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्नेलगायतका माग राखेर उनीहरुले संसद अवरुद्ध गरेका हुन् ।

ती दलले संविधानसभा निर्वचनपछि प्रमुख दलबीच भएको चार बुँदे सहमति कार्यान्वयन नभएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।

काँग्रेस–एमाले सहमतिप्रति इमान्दार नरहेको भन्दै विपक्षीले ती दल संविधान निर्माणमा गम्भीर नभएको आरोप लगाउँदै आएका छन् ।

सत्तारुढ काँग्रेस–एमालले भने संविधानसभाको समानान्तर हुने गरी संविधानसभाबाहिर कुनै समिति गठन गर्न नसकिने बताउँदै आएका छन् । यसअघि शुक्रबार पनि विपक्षीले संसद बैठक अवरुद्ध गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us