प्रहरी जवानले आफैंमाथि हाने गोली

काठमाण्डु टुडे २०८१ माघ १० गते १४:०४ मा प्रकाशित

काठमाण्डू, १० माघ– कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन । हिजो बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली प्रहर गरेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दिएको छ ।

साँझ साढे ८ बजेको समयमा ड्युटीका रहेमा उनले आफैंमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले जानकारी दिएका छन ।

सो समयमा हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा खटिएका थिए । डीएसपी उमेशराज जोशीकाअनुसार गोली दाहिने कानभन्दा माथि लागेको छ। गोली लागेर उनी गम्भीर छन् ।

उनले आफैंले बोकेको एसएलआर राइफलबाट गोली चलाएको पाइएको प्रहरीले जनाएको छ । विष्टलाई महाकाली अस्पतालमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us