भक्तपुर, १० माघ– भक्तपुरमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भोजपुर घर भइ हाल पेप्सीकोला बस्ने सपना राई रहेको प्रहरीले जनाएको छ ।
मध्यपुरथिमि नगरपालिका–२ एउटै दिशामा रहेका बाप्र०१–०२७च९२७ नम्बरको कार र बा५०प ७४१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटानमा गम्भीर घाइते राईको काठमाण्डू मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा मृतककी तीन वर्षीया छोरी घाइते भएकी छन् ।
कार चालक रामेछाप सुनापाती गाउँपालिका–१ का ३४ वर्षीय कृष्णप्रसाद गौतमलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको प्रहरी वृत्त ठिमीले जनाएको छ ।