भारतमा रेल दुर्घटना, चार नेपालीको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ १० गते ८:५७ मा प्रकाशित

काठमाण्डू, १० माघ– भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार नेपालीको पनि मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमले दुर्घटनामा चार नेपालीको मृत्यु भएको जनाएका छन् ।

मृत्यु हुने नेपालीहरुमा हिमु विश्वकर्मा, लछिराम पासी, बाबु खान र इम्तियाज अली रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रेलमा आगलागी भएको हल्ला चलेपछि यात्रुहरु रेलबाट बाहिरिएर भाग्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको अर्को रेलले ठक्कर दिएको थियो ।

दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us