रवि लामिछानेप्रति कास्की र काठमाण्डु अदालतभन्दा रुपन्देही अदालत उदार

काठमाण्डु टुडे २०८१ माघ ९ गते २०:०० मा प्रकाशित

काठमाण्डू, बुटलवस्थित सुप्रिम सहकारीको बचत अपचलन कसुरसम्बन्धी मुद्धामा बयान दिन उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले बधुबार बयान लिएको छ ।

थुनछेक बहस नसकिएपछि लामिछानेलाई श्रीमती निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका हुन् । लामछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सहकारीको बचत अपचलन कसुरमा आइतबार मुद्धा दायर गरेको थियो ।

न्यायाधीश प्रह्लादकुमार योगीले लामिछानेसँग बयान लिए । आलतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बिहीबार बिहान १० बजे उपस्थित हुने गरी परिवार र कानून व्यवसायीको जिम्मामा छाडिएको बताए ।

लामिछानेको थुनछेक बहस बिहीबार हुनेछ । कास्की र काठमाण्डू जिल्ला अदालतले भने थुनछेक बहस नसकिएपछि थुनामा पठाउन आदेश दिएको थियो ।

कास्कीमा ६५ लाख र काठमाण्डू जिल्ला अदालतमा ६० लाख धरौटीमा लामिछाने रिहा भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us