इजरायलले कृषि तालिमका लागि ५ हजार नेपाली लैजाने

काठमाण्डु टुडे २०७१ भदौ १५ गते १०:२० मा प्रकाशित

काठमाण्डु, १५ भदौ– इजरायलले ५ हजार नेपालीलाई कृषि तालिमका लागि लैजाने भएको छ ।
नेपालका लागि नवनियुक्त इजरायली राजदूत यारोन मेयरले ५ हजार नेपालीलाई इजरायलमा कृषि तालिम एवम् रोजगारी प्रदान गरिने बताएका छन् ।

नेपालले कोरियामा जस्तै इपीएस प्रणालीमार्फत इजरायलमा सरकारी कामदार पठाउने बताइरहेका बेला इजरायली राजदूतले नेपाली युवालाई कृषि तालिम दिने बताएका हुन् ।
उनले तालिमसँगै प्रशिक्षार्थीले एक लाख रुपैयाँभन्दा बढी मासिक समेत पाउने बताएका छन् । इजरायलले साना किसान विकास बैंकसँगको सहकार्यमा यस्तो प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
कृषि प्रशिक्षार्थी कार्यक्रमअन्तर्गत १० महिने कृषि तालिम कार्यक्रममा सहभागी गराउन नेपाली युवालाई इजरायल लैजान लागिएको हो । गत वर्ष २ सय ५ जनालाई तालिम दिन इजरायल लगिएको थियो ।
यस वर्ष प्रशिक्षार्थीको संख्या बढाएर ५ हजार १५ जनालाई लैजान लागिएको राजदूत मेयरले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us