तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ ८ गते ११:०४ मा प्रकाशित

काठमाण्डू ८ माघ– तनहुँमा बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–६ चालिसे घर भइ व्यास नगरपालिका–५ पाटन बस्ने वर्ष १९ का मोटरसाइकल चालक सन्दीप आले र मोटरसाइकल पछाडि सवार उनकी आमा वर्ष ४० कि मधुमाया आले रहेकी छन् ।

तनहुँको दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ । मोटरसाइकल कल्भर्टमा खसेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us