फलामखानी र मल कारखाना खुल्दैछ, बिजुली बाहिर पठाउनै पर्दैनः ओली

काठमाण्डु टुडे २०८१ माघ ४ गते १५:२९ मा प्रकाशित

काठमाण्डू, ४ माघ– प्रधानमन्त्री केपी ओलीले जलविद्युतको स्वदेशमै खपत बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले फलामखानी र मल कारखानाको उद्योग स्थापना हुन लागेको तथा बन्द भएका उद्योगसमेत सञ्चालनको तयार भएकाले उत्पादित विद्युत खपतबारे चिन्ता नगर्न आग्रह गरे ।

‘धौबादी फलाम खानी र मल कारखाना खोल्दैछौँ । दैलेखमा ग्यास उत्पादन हुँदैछ। ध्वस्त भएको उद्योगले पुनर्जीवन पाउँदैछन्’, ओलीे भने ।

ओलीले मुलुकलाई अँध्यारोबाट उज्यालोमा लैजाने प्रयासमा ऊर्जा उत्पादकहरूको योगदानको उच्च रहेको बताए । ऊर्जा क्षेत्रमा प्रसस्त लगानीको अवसर रहेको भन्दै उनले लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे ।

फरक प्रसंगमा ओलीले सार्वजनिक सेवा प्रवहर्लाइ प्रभावकारी बनाउने र विकासको गति बढाउने उद्देश्यले हालै सरकारले ५ वटा अध्यादेश ल्याएको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us