भारतीय मजदुरको कुटेर हत्या

काठमाण्डु टुडे २०८१ माघ ४ गते ८:५७ मा प्रकाशित

रुपन्देही, ४ माघ– रुपन्देहीमा एक मजदुरको कुटेर हत्या भएको छ ।

सियारी गाउँपालिका–७ हिरागञ्जस्थित एक इँटा उद्योगमा काम गर्दै आएका भारत गोरखपुरका ४० वर्षीय निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको छ ।

सोही उद्योगका ट्याक्टर चालक सियारी–६ का १९ वर्षीया कृष्ण केवटको कुटपिटबाट निष्ठुरीको मृत्यु भएको रुपन्देही प्रहरीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।

यसैबीच प्रहरीले कुटपिटमा संलग्नलाई केवटलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us