रवि लामिछाने हिरासतमा सुतेको तस्बिर खिच्ने निकोलसलाई अदालत पेस गरिँदै

काठमाण्डु टुडे २०८१ माघ ४ गते ८:४४ मा प्रकाशित

पोखरा, ४ माघ– साइबर अपराध आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई प्रहरीले आज अदालतमा प्रस्तुत गर्दैछ ।

कास्की प्रहरी हिरासत कक्षभित्र पसेर भुसालले रास्वपा सभापति रवि लामिछानेको तस्बिर खिचेको आरोपमा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको थियो ।

लामिछाने भेट्न प्रहरी हिरासतमा पुगेका भुसालले सुतिरहेको तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले भुसालविरुद्ध साइबर अपराधमा कारबाही गरिने बताए । यसअघि गत ७ पुसमा पनि भुसाल पक्राउ परेका थिए ।

तर, जिल्ला अदालत कास्कीले थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भए । अनुसन्धान गर्दै जाँदा थप प्रमाण फेला परेकाले भुसाललाई पुनः पक्राउ गरिएको ओलीयाले बताए ।

भुसालले उक्त तस्बिर आफूले खिचेर पोष्ट गरेको यसअघि नै स्वीकार गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us