विपक्षी ६ दलको बैठक बस्दै, बैठकपछि पत्रकार सम्मेलन

काठमाण्डु टुडे २०८१ माघ ४ गते ८:२२ मा प्रकाशित

काठमाण्डू, ४ माघ– सरकारविरुद्ध मोर्चाबन्दीमा उत्रिएका विक्षपी ६ दलको बैठक आज पनि बस्दैछ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नयाँबनेश्वरस्थित संसद भवनमा रहेको कार्यकक्षमा अपराह्न २ बजे विपक्षीको बैठक बस्न लागेको हो ।

बैठकपछि अपराह्न ३ बजे बानेश्वरस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन आयोजना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि बुधबार प्रचण्डको अगुवाइमा बसेको विपक्षी ६ दलको बैठकले सरकार संसद् छलेर अध्यादेशमार्फत शासन गर्न उद्धत रहेको निस्कर्ष निकालेको थियो । ती दलले आगामी १६ माघमा शक्ति प्रदर्शनसहित राजधानीमा विरोधसभा आयोजना गरेका छन् ।

विपक्षी गठबन्धनमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र आमजनता पार्टी छन् ।

उपेन्द यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाललाई पनि गठबन्धनमा ल्याउने प्रयास जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us