काठमाण्डू, ३ माघ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध जाहेरी दिएका छन् ।
त्रिपाठीले बिहीबार प्रहरी वृत्त सिंहदरबारमा ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवको कसुरमा जाहेरी दिएका हुन् ।
स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत अपचलन सम्बन्धी मुद्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहसमा बचतकर्ताका तर्फबाट बहस गरेर जिल्ला अदालत काठमाण्डूबाट बाहिरिने क्रममा अदालतबाहिर उपस्थित भिडले त्रिपाठीमाथि आक्रमण गरेको थियो ।
आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले ललितकुमार केसीलाई पक्राउ गरेको थियो । प्रहरीले सिसिटिभी फुटेजका आधारमा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
त्रिपाठीमाथि कुटपिट गर्ने कार्यमा संलग्न थप व्यक्ति पनि पक्राउ पर्न सक्ने प्रहरीको भनाइ छ ।