देउवालाई सरकारबाट सोचेजस्तो काम भएको छैन भन्ने रिपोर्ट गरेंः मन्त्री चौधरी

काठमाण्डु टुडे २०८१ माघ ३ गते ११:५० मा प्रकाशित

काठमाण्डू, ३ माघ– प्रमुख सत्ताघटक कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी मन्त्रीहरूको कार्यप्रगति विवरणबारे जानकारी लिएका छन् ।

बिहीबार बिहान निजी निवास बूढानीलकण्ठमा बोलाएर सभापति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् ।

हालसम्म ३ जना मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए । उनले मन्त्रालयले सोचेअनुसारको काममा तीव्रता दिन नसकेको उल्लेख गरे ।

छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरूले सुझाव दिएको बताए ।
उनले भने, ‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुको उपस्थिति छ । त्यसमा नेपाली कांग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरूले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ । के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भइरहेको छ । अहिलेसम्मतीन वटा मन्त्रालयको विस्तृत जानकारी दिइएको छ । आफ्नो मन्त्रालयको ब्रिफिङ भइरहेको छ । उहाँहरूले सुझाव पनि दिनुभएको छ ।’

उनले अध्यादेशको बारेमा सकारात्मक छलफल भएको बताए । (न्यूज एजेन्सी नेपाल)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us