कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किए, दुईको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ ३ गते ७:५१ मा प्रकाशित

काठमाण्डू, ३ माघ– कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

यूपी ५५ एएच ७०९० नम्बरको भारतीय मोटरसाइकल र लु१०प ४४९६ नम्बरको मोटरसाइकल गएराति बाणगंगा नगरपालिका–११ मा आपसमा ठोक्किएर दुर्घटना भएका हुन् ।

मृत्यु हुनेमा भारतीय नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र अर्का मोटरसाइकल चालक सैनामैना–४ का २७ वर्षीय रोमन थारु रहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी मोहनामणि अधिकारीले दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us